काठमाडौं । अन्तरदेशीय अपराधसम्बन्धमा लेखिएको पुस्तक ‘ओपन सेक्रेट’ बिहीबार लोकार्पित भएको छ । अपराधसम्बन्धी बिटमा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका केपी ढुंगानाद्वारा लिखित पुस्तकमा अपराधमा प्रहरीको संलग्नता र अपराधीलाई दिइने राजनीतिक संरक्षणको विषय उठाइएको छ ।
नेपाल पुलिस क्लबमा बिहीबार वरिष्ठ पत्रकार किशोर नेपाल, पत्रकार महासंघका सभापति शिव गाउँले र लेखक ढुंगानाले संयुक्त रूपमा पुस्तक लोकार्पित गरे । वि.सं. २०५५ देखि २०६८ सम्मका हाइप्रोफाइल अपराधका कुरालाई पुस्तकले उठाएको लेखक ढुंगानाले बताए । वरिष्ठ पत्रकार नेपाल, महासंघ सभापति गाउँले र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलले पुस्तकमाथि टिप्पणी गरेका थिए । (सौस)
प्रतिक्रिया