विद्यार्थी संगठनहरुमा अराजकता छः ढुङ्गेल

दाङ, ११ साउन । एमाले निकट अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले मुलुकको शिक्षा नीति स्पष्ट नहुँदा वैज्ञानिक शिक्षा लागू हुन नसकेको बताएका छन् ।
प्रेस चौतारी दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पाठ्यपुस्तक, शिक्षण प्रणालीमा एक रुपता हुनुपर्ने माग गरे । मुलुकमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारले कुनै चासो नदिएको ढुङ्गेलको आरोप छ ।
विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थी हकहितका सवालमा उठाएका आन्दोलन र आवाज निर्णायक बन्न नसकेको उनले स्वीकार गरे । ढुङ्गेलले भने, ‘विद्यार्थी हकहितका पक्षमा उठेको मागप्रति सरकारले जहिले पनि वेवास्ता गर्छ ।’
विद्यार्थी संगठनहरु भित्र सांगठनिक अराजकता बढ्दै गएको दाबी गरेका उनले आन्दोलन कहिल्यै पनि एकधारमा बग्न नसकेको बताए ।

प्रतिक्रिया