सहमतिका लागि सम्वाद भईरहेको छ

कैलाली, ११ साउन । कांग्रेस सभापति सुशील कोइरालाले विपक्षी दलहरु देशलाई संकटबाट उन्मुक्ति दिन सम्वाद र सहमतिको प्रयासमा रहेको बताएका छन् ।
धनगढी बिमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सहमति गरेको अर्को दिन तोड्ने एमाओवादीको प्रवृत्तिका कारण मुलुकमा समस्या आएको बताए । राष्ट्रिय सहमति आवश्यक रहेको बताउदै कोइरालाले भने, ‘सहमतिको सरकार कांग्रेसले नेतृत्व गर्छ ।’
कोइरालाले एमाओवादीले भनेको समयमा चुनाव हुन नसक्ने दोहराएका छन् । उनले भने, ‘संविधानसभाको निर्वाचन हुन सक्दैन, अब संसदीय निर्वाचन गर्नुपर्छ ।’
‘एमाओवादीमा सर्वसत्तावादी सोच र दलसँग भएका सहमति पालना नगरी विश्वासघात र छलकपट गर्ने प्रबृत्ति छ,’ उनले भने, ‘सोही कारण देशमा संवैधानिक तथा राजनीतिक संकट आएको हो ।’

प्रतिक्रिया