पौडेल र पीटरवीच भेटबार्ता

काठमाडौं, १० साउन । कांग्रेस उपसभापति रामचन्द्र पौडेल र कार्टर सेन्टर नेपालका आवासीय वरिष्ठ सल्लाहकार पीटर वर्लेवीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।
पौडेल निवास बोहोराटारमा आज विहान भएको भेटवार्तामा संविधानसभा विघटनपछि उत्पन्न राजनीतिक समस्या र त्यसको निकासका लागि दलहरुबीच के कस्तो प्रयास भैरहेका छन् भन्ने विषयमा छलफल भएको पौडेलको निजी सचिवालयले जनाएको छ ।
सो अवसरमा नेता पौडेलले दलहरु वीच सहमतिबाट सबै कुराको निकास निस्कने बताएका थिए ।
एमाओवादी विगतमा भएका सहमतिप्रति इमान्दार र जिम्मेवारपूर्वक अगाडि बढे राजनीतिक निकास छिटो निस्कने पौडेलको भनाई थियो ।

प्रतिक्रिया