अस्पताल सञ्चालकको निवास घेर्ने

काठमाडौं, १० साउन । काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका मजदुर कर्मचारीहरुले अस्पताल सञ्चालक समितिमा रहेका सबै व्यवस्थापक सदस्यको निवास घेर्ने चेतावनी दिएका छन् ।
उनीहरुले तोकिएको समयमा माग पुरा नभए सदस्यहरुको घर घेराउ गर्ने लगायतका संघर्षका कार्यक्रम सार्वजनिक गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य श्रमिक संघ कान्तिपुर इकाई कमिटी र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सो कार्यक्रम घोषणा गरहेका हुन् ।
कार्यक्रम अनुसार अस्पताल सञ्चालक समितिले चलाएको कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट कोअभरेटिभ लिमिटेडमा विहिबारदेखि पाँच दिनसम्म लगातार ३ घण्टा धर्ना दिने कार्यक्रम पनि रहेका छन् । साउन–११, १२, १३, १४ र १५ गते प्रत्येक दिन ३ घण्टा धर्ना दिईने छ ।
अस्पतालमा कार्यरतमजदुर–कर्मचारीका समस्या, श्रम ऐनमा उल्लेखित सेवा सुविधा र ट्रेड यूनियन अधिकारका सम्बन्धमा राखिएका मागहरु १ वर्ष बितिसक्दा पनि पूरा नभएपछि आन्दोलनमा उत्रिनुपरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया