काठमाडौं, १० साउन । राजधानीमा आईतवारबाट शुरु भएको प्रथम राष्ट्रिय लोककला प्रर्दशनी मध्यदिनसम्म पनि नखुले पछि अवलोकन गर्न पुगेका सर्वसाधारण निरास भएका छन् ।
प्रर्दशनीको चौथो दिन आज अवलोकन गर्न पुगेका सर्वसाधारण लोककला राखिएको हल बन्द रहेपछि निरास भएका हुन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा चलिरहेको प्रर्दशनीको मुल ढोका मध्यान्ह साढे १२ वजे सम्मपनि खुलेको थिएन ।
प्रर्दशनी अवलोकन गर्न आयोजकले विहान १० बजे देखिको समय छुट्टाएको छ । आयोजकको लापरबाहीका कारण लोककला प्रदर्शनी हेर्न नपाएको सर्वसाधारणले गुनासो गरेका छन् ।
सर्वसाधारणको चर्को दबाव पछि लोककला प्रर्दशनीको हल दिउसो एक वजे मात्रै खोलिएको थियो । सो प्रर्दशनी साउन–१२ गते सम्म चल्ने छ ।
प्रतिक्रिया