राजनीतिक लडाइँले बजेट फ्रिज

रौतहट, ९ साउन । चन्द्रनिगाहपुर–५ सुकुम्बासी बस्ती नदीको कटानमा परेपछि स्थानीय राजनीतिक दलका नेतासँग चिढिएका छन् । कांग्रेस र एमालेबीच बढेको विवादले बस्ती संरक्षणका लागि आएको रकम फ्रिज भएपछि स्थानीय चिढिएका हुन् ।

बस्तीबाट बगेको चाँदी खोलाले बस्ती कटान गर्न थालेपछि स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । खोलाको धार परिवर्तन भएर टोलमा पसेपछि ८२ घरपरिवार समस्यामा परेको स्थानीय जीवन गौतमले बताए ।
चाँदी खोलामा तटबन्ध बनाउन सुरु भएको काममा राजनीतिक हस्तक्षेप सुरु भएको हो । सहारा नेपालले खोलामा ड्याम बनाउने, ढुंगाजाली भर्ने काम सुरु गरेपछि नेपाली कांग्रेसनिकटले काम गरेको भन्दै एमालेका कार्यकर्ताले विरोध गरेका थिए ।
१३ लाख ३० हजार रुपियाँको लागतमा हुन लागेको काममा राजनीतिक हस्तक्षेप भएपछि समयमै तटबन्ध हुन नसक्दा अहिले बस्ती खतरामा परेको हो । विवाद चुलिँदै गएपछि म्याद सकिँदा आएको रकम पनि फ्रिज भएको छ । गुरु योजनामा परेको कार्यक्रम पनि कांग्रेस र एमालेको लडाइँले बिथोलिएपछि स्थानीयले राजनीतिक दलप्रति आक्रोशित भएका हुन् ।

प्रतिक्रिया