सिटिइभिटीमा नेविसंघको घेराउ

काठमाडौं, ८ साउन । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा नेपाल विद्यार्थी संघले नारावाजी गर्दै घेराउ गरेको छ ।
नेविसंघको घेराउ पछि कर्मचारीहरु कार्यालय भित्रै थुनिएका छन् । संघका प्रवक्ता युपी लामिछानेका अनुसार आज सिटिइभिटीमा कुनै काम गर्न दिईएको छैन ।
माग पूरा गर्ने तर्फ ध्यान नदिए पछि बाध्य भएर घेराउमा जानुपरेको लामिछानेले उल्लेख गरे ।
नेविसंघले विभिन्न माग राखी ४८ घन्टे अल्टिमेटम दिएको थियो ।
संघले सिटिइभिटीअन्तर्गतका शिक्षण संस्थाले चर्को शुल्क लिइएकाले वैज्ञानिक शुल्क तोक्नुपर्ने, सिटिइभिटीले तोकेको शुल्कसमेत लागू नभएको, सिटिइभिटीका अधिकारीको जीवनशैली एक्कासी परिवर्तन भएकाले त्यसको पनि छानबिन गर्नुपर्नेलगायत माग राखेको छ ।

प्रतिक्रिया