ललितपुरमा आज पनि बन्द

काठमाडौं, ८ साउन । बागमती नदी किनारबाट हटाईएका सुकुम्वासीलाई सुन्दरीघाटमा राख्ने सरकारी निर्णयको बिरोधमा आज दोस्रो दिन पनि ललितपुर बन्द रहेको छ ।
ललितपुरका स्थानीयले आह्वान गरेको बन्दका कारण जिल्लाको प्रमुख बजार लगनखेल र मंगलबजारको जनजीवन अत्याधिक प्रभावित बनेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । मंगलबजार र लगनखेल क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् ।
ललितपुरका अन्य स्थानमा भने सामान्य रुपमा सवारी आवागमन सुचारु रहेको प्रहरी भनाई छ । बन्द सफल बनाउन स्थानीयले बिहानै प्रदर्शन समेत गरेका छन् ।

प्रतिक्रिया