काठमाडौं, ८ साउन । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले भरतका नवनिर्वाचित राष्ट्रपति प्रणव मुखर्जीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री भट्टराईले आज टेलीफोन गरेर मुखर्जी राष्ट्रपतिमा विजयी भएकोमा नेपाली जनता र राजनीतिक दलहरुका तर्फबाट शुभकामना दिएका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भट्टराईले मुखर्जी राष्ट्रपतिमा निर्वाचित भएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले नवनिर्वाचित राष्ट्रपति मुखर्जीको सफल कार्यकालको कामना पनि गरेका छन् ।
‘भावी दिनमा नेपाल र भारतको आपसी सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गरेको छु,’ शुभकामनामा भट्टराईले भनेका छन् ।
जवाफमा राष्ट्रपति मुखर्जीले नेपाली जनताप्रति धन्यवाद व्यक्त गर्दै आफू नेपाल र नेपालीको सधै असल मित्र भएको बताएका छन् । उनले भने, ‘दुई पक्षीय सम्बन्ध अझै मजवुत हुँदै जाने छ ।’
प्रतिक्रिया