प्रथम राष्ट्रिय लोककला प्रदर्शनी सुरु

काठमाडौं : प्रथम राष्ट्रिय लोककला प्रदर्शनी २०६९ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आइतबारबाट सुरु भएको प्रदर्शनीको नेपाल भाषा एकेडेमीका कुलपति तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गरे । जोशीले नयाँ कलाकारले लोककलाबारे चासो नदेखाउँदा आफूलाई दु:ख लागेको बताउँदै प्रागैतिहासिक कालदेखि मूर्त एवं अमूर्त कलाका विभन्न माध्यमद्वारा भावना, अनुभूति र आस्था मानवजातिमा प्रेषित हँुदै आएको उल्लेख गरे ।
त्यस्तै, प्राज्ञ शारदा चित्रकारले बहुजातीय, बहुभाषीय र बहुसांस्कृतिक विधताले सजिएको राष्ट्रको शोभा बढाउन लोककला प्रदर्शनीको आयोजना गरिएको बताइन् । नेपाल ललितकला प्रज्ञा–प्रतिठानका कुलपति किरण मानन्धरले समयमै यथोचित दृष्टि नपुर्‍याएर गौरवशाली लोककला विलीन हुनेतर्फ सजग गराए । कार्यक्रममा संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्ल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति ठाकुरप्रसाद मैनाली र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव केपी कर्माचार्यले पनि मन्तव्य राखेका थिए । प्रदर्शनी साउन १२ गतेसम्म चल्नेछ ।  (सौस)

प्रतिक्रिया