लेबल नभएका सामग्री बिक्री

काठमाडौं : वाणिज्य विभागबाट खटिएको बजार अनुगमन टोलीले बिजुलीबजारका विभिन्न खाद्यान्न तथा किराना पसलमा आइतबार अनुगमन गरेको छ । अनुगमन टोलीले मूल्यसूची अद्यावधिक नभएको, साइनबोर्ड नभएको, खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राखेको, लेबल नभएका खाद्य सामग्री बिक्रीवितरण गरेको, नापतौलको प्रमाणपत्र नवीकरण नभएको फेला पारेको बताएको छ ।

अनुगमनका क्रममा रायमाझी खाद्यान्न स्टोर, रेस्मा किराना स्टोर्स, आशिष ट्ेरडर्स र बिजुलीबजार ट्ेरडर्समा अनुगमन गर्दा यस्तो भेटिएको अनुगमन टोलीको संयोजक हिमालयजीवी उपाध्यायले बताए । टोलीले रायमाझी खाद्यान्न स्टोरमा खाद्य र अखाद्य सामग्री अलग राखेर बिक्रीवितरण गर्न, लेबल नभएका सामानमा लेबल राखेर मात्र बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।
त्यस्तै रेस्मा किराना स्टोर्सलाई सात दिनभित्र मूल्यसूची बनाई टाँस गर्न, लेबल नभएका सामानमा लेबल राखेर मात्र बिक्रीवितरण गर्न, खाद्य र अखाद्य सामाग्री अलग राखेर बिक्रीवितरण गर्न निर्देशन दिइएको उपाध्यायले बताए । आशिष ट्ेरडर्सलाई सात दिनभित्र साइनबोर्ड राखी सोको जानकारी विभागलाई दिन, नापतौलको प्रमाणपत्र नवीकरण गर्न, लेबल नभएका सामानमा लेबल राखेर मात्र बिक्रीवितरण गर्न निर्देशन दिइएको छ भने बिजुलीबजार ट्ेरडर्स नापतौलको प्रमाणपत्र नवीकरण गर्न, लेबल नभएका सामानमा लेबल राखेर बिक्रीवितरण गर्न, सात दिनभित्र साइनबोर्ड राखी सोको जानकारी विभागमा गराउन निर्देशन दिएको उनले बताए । (सौस)

प्रतिक्रिया