काठमाडौं, ७ साउन । सुन्दरीघाटमा सुकुम्वासी बस्ती बसाउने सरकारी निर्णयको विरोधमा आज ललितपुरमा बन्द आह्वान गरिएको छ ।
बन्दका कारण ललितपुरका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित भएको छ । स्थानीयवासीले सुन्दरीघाटमा सुकुम्वासी बसाल्न नपाईने भन्दै बिरोध गर्दै आएका छन् ।
सरकारले बागमती नदी किनाराबाट हटाएका सुकुम्वासीलाई सुन्दरीघाटमा घरटहरा बनाएर बस्ती बसाउन थालेपछि स्थानीयले विरोध जनाएका हुन् । विरोध जनाउनेमा अधिकांश राजनीतिक दल र संघसंस्था रहेका छन् ।
बन्द सफल बनाउन प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारी स्थानीयलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
प्रतिक्रिया