काठमाडौ, ७ साउन । चालु आवको सुरुवातसँगै सेयर बजारमा केही सुधारको लक्षण देखिएको छ । गत साता नेप्सेमा ५ दशमलव ७३ अंकले सुधार आएको छ । साताको पहिलो दिनका तुलनामा अन्तिम दिन ३९५ दशमलव ४७ अंकमा नेप्से पुगेको छ ।
सरकारले विगतदेखि नै गर्छु भन्दै आएको अनलाइन कारोबार, नेप्सेलाई आइएसओ प्रमाणित कार्यालयको रूपमा विकास गर्ने, निजीकरण प्रक्रियालाई तीव्रता दिने, रणनीतिक साझेदार आकर्षित गर्ने, सेयर बजारमा वैदेशिक लगानी भित्र्याउनेजस्ता कुरा पूरा हुने अपेक्षासँगै बजारमा केही सुधार देखिएको हो ।
सिडिएस ए्न्ड क्लियरिङ लिमिटेडले १ साउनमा अर्थमन्त्री वर्षमान पुनको हितग्राही खाता
(डिम्याट खाता) खोली निक्षेप सदस्य एस क्यापिटल लिमिटेडमार्फत खाली कारोबार गरी सिडिएस कारोबार सुभारम्भ गर्नुले पनि सिडिएस सुरु हुने निश्चितप्राय: देखिन्छ ।
यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय २६ कम्पनीहरूको कारोबार भएको छ । जसमा पाँच हजार सात सय ८४ कारोबारबाट ३६ करोड ९९ लाख १८ हजार रुपियाँ बराबरका १५ लाख २३ हजार दुई सय २४ कित्ता सेयर खरिदबिक्री भएका छन् । गत साता एक सय १२ कम्पनीको कारोबार भएको छ । जसमा पाँच हजार तीन सय २८ कारोबारबाट ३१ करोड ७६ लाख २० हजार रुपियाँ बराबरका आठ लाख ९७ हजार नौ सय ३० कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा १६ दशमलव ४७ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र २१ करोड ८४ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५९ दशमलव शून्य ६ प्रतिशत हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव ४८ अंकले वृद्धि भई एक सय दशमलव पाँच अंकमा पुगेको छ । यस साता कारोबार रकम आठ करोड ७९ लाख रुपियाँको आधारमा एनआइडिसी क्यापिटल मार्केटस अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर पाँच लाख ८२ हजार पाँच सय १५ कित्ताको आधारमा पनि एनआइडिसी क्यापिटल मार्केट्स अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याको आधारमा चार सय ८६ वटाको आधारमा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ ।
साताका उत्कृष्ठ पाँच कम्पनीमा एनआइडिसी क्यापिटल मार्केटस, एभरेष्ट बंैक, चिलिमे हाइड्रोपावर, बैंक अफ काठमाडौं र किस्ट बंैक रहेका छन् । यस साता आइसिएफसी वित्तीय संस्था, गोरखा फाइनान्स, सद्धार्थ फाइनान्सको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया