रमजान पर्व सुरु

काठमाडौं, ६ साउन । ईस्लाम धर्मालम्बीहरुको पवित्र पर्व रमजान सुरु भएको छ ।
गएराति चन्द्रमा देखिएपछि मुस्लिम समुदायले यो पर्व मनाउन सुरु गर्ने परम्परा छ । उनीहरुले एक महिनासम्म रोजा अर्थात वर्त बस्नुका साथै मस्जिदमा पुजा समेत गर्ने गर्छन् ।
यसैवीच, एमाओवादीले मुस्लिमहरुको पवित्र पर्व रमजानका अवसरमा शुभकामना व्यक्त गरेको छ ।
एमाओवादीले आज सन्देश प्रकाशित गरी मुस्लिम समुदायको पवित्र पर्व रमजानले सम्पूर्ण मुस्लिम समुदायमा सुःख, शान्ति तथा समृद्धिको कामना गरेको छ ।

प्रतिक्रिया