मृत्यु हुनेको सङख्या २७ प्रतिशतले कमी

इलाम, ५ साउन । इलाममा आथिर्क वर्ष २०६७/०६८ को तुलनामा २०६८/०६९ मा सवारी दुर्घटनामा मृत्यु हुनेको सङख्यामा २७.२७ प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आव २०६८/०६९ मा ३९ दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १० जना पुरुष, चार महिला र दुई बालबालीकाले ज्यान गुमाएका हुन ।
अघिल्लो आव २०६७/०६८ मा विभिन्न ५१ दुर्घटनामा २२ जनाको ज्यान गएको थियो । दुर्घटनामा १८ जना पुरुष,  दुई महिला र दुई बालबालीकाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी आव २०६७/०६८ मा गम्भीर घाइते हुनेको सङख्या ७५ रहेकामा २०६८/०६९ मा सो सङख्या घटेर २७ मा झरेको छ । सो तथ्यंक गतवर्षको भन्दा ६४ प्रतिशतले कमी हो । प्रहरीको तथ्याङक अनुसार आव २०६८/०६९ मा दुर्घटनामा २१ जना पुरुष र ६ गम्भिर घाईते भएका छन् । त्यस्तै ६८ जना पुरुष,  ५३ महिला र १८ बालबालिका गरी १३९ जना सामान्य घाईते भएको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयका अजित राउतले ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको र नियमलाई पालना गराउने क्रममा व्यवस्थापनमा कडाइ गरी सवारी चालक र सडक प्रयोगकर्तालाई समेत कारबाही चलाएका कारण दुर्घटनामा मृत्यु हुनेको सङख्यामा कमी आएको  दावी गरेका छन् ।
पछिल्लो समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारवाही गर्न थालेपछि इलाममा यस्तो संख्या घट्न थालेको ट्राफिक प्रमुख डम्बरबहादर थापाले बताए । ‘पछिल्ला दिनमा मापसे गरी सवारी चलाउने कमै मात्रामा भेटिएका छन्’ ट्राफिक प्रमुख थापाले भने ।

प्रतिक्रिया