बेइजिङ : लन्डन ओलम्पिकमा आफ्ना खेलाडीले चीनमा बनाएको कपडा लगाउने विषयमा अमेरिकी सिनेटरबाट भएको आपत्तिको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले आलोचना गरेको छ । सिन्ह्वाले अमेरिकी सिनेटरको उक्त अभिव्यक्ति आपत्तिजनक र गैह्रजिम्मेवारीपूर्ण भएको जनाएको छ ।
अमेरिकी सिनेटरलाई विदेशमा निर्मित कपडा लगाउनबाट प्रतिबन्ध लगाउनुपर्ने सिन्ह्वाको माग छ । ‘जुन कुरा आजको जमानामा असम्भव छ, सोही विषय उठाएर अमेरिकी सिनेटरले आफूलाई महान् ठानेका छन्,’ सिन्ह्वाले भनेको छ । केही दिनअघि अमेरिकी सिनेटर ह्यारी रिडले चीनमा बनेको कपडा भए त्यसलाई गाडिनु पर्ने भन्ने खालको आपत्तिजनक अभिव्यक्ति दिएका थिए । रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका सिनेटरले रिडले उठाएको प्रसंगलाई साथ दिएका थिए । (एजेन्सी)
प्रतिक्रिया