कैलाली, २ साउन । अबैध रुपमा यार्सागुम्बा लिदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुमले यार्सागुम्बा सहित दुईजनालाई पक्राउ गरेको छ ।
चार किलो यार्सागुम्बा सहित पक्राउ पर्नेमा रुकुम जाङ् ६ का ३२ वर्षीय फत्तेजंग मल्ल र प्वाङ् ९ का २२ वर्षीय लजिम रोकाया रहेका छन् । यि दुबैजनालाई प्रहरीले रुकमकै झुल्नेटाबाट पक्राउ गरेको हो ।
राजश्व छली बिना ईजाजत रुकुमबाट राजधानी लैजादै गरेको अवस्थामा निजलाई यार्सागुम्बा सहित समातेर जिल्ला वन कार्यालयलाई बुझाइएको रुकुमका प्रहरी प्रमुख डिएसपी किसनसिं थापाले बताए ।
प्रतिक्रिया