अपांगता भएकालाई नि:शुल्क साइबर

काठमाडौं : राष्ट्रिय अपांग पुन:स्थापना समाजले अपांगता भएका व्यक्तिका लागि साइबर क्याफे सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिका माध्यमबाट फरक क्षमता भएका व्यक्तिको शैक्षिक, मनोवैज्ञानिक तथा प्राविधिक दक्षता बढाउन र सूचना प्रविधिमा पहुँच पुर्‍याउन अनामनगरमा साइबर सञ्चालन गरिएको हो ।
सबै प्रकारका अपांगता भएका व्यक्तिले संस्थाबाट कम्प्युटर तथा इन्टरनेटको उपयोग गर्नसक्ने बताइएको छ । संस्थामा कम्प्युटरको आधारभूत तालिमसमेत दिइएको सुगम भट्टराईले बताए । संस्थाले दृष्टिविहीनका लागि पनि सेवा दिँदै आएको छ ।
संस्थामा चार वर्षदेखि कार्यरत सागर प्रसाईं भन्छन्, ‘दृष्टिविहीनका लागि श्रव्यपुस्तक उत्पादन तथा वितरण परियोजना पनि चलाइएको छ ।’ दृष्टिविहीनलाई उच्च शिक्षाका लागि आवश्यक पुस्तक उपलब्ध हुन नसकेका बेला प्रसाईंकै अगुवाइमा फेसबुकबाट अभियान सञ्चालन भएपछि दृष्टिविहीनका लागि पनि सहयोग पुगेको सतुंगलका दृष्टिविहीन विप्लव आचार्यले बताए ।
सुशील अधिकारी/(प्रशिक्षार्थी)

प्रतिक्रिया