जनप्रतिनिधि मार्फत नयाँ संविधान

राष्ट्रिय मुस्लिम आयोगद्वारा आइतबार यहाँ आयोजित ‘मुस्लिम समुदायको उत्थानका लागि सरकारी नीति’ विषयक कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री श्रेष्ठले नयाँ संविधानमा सबै वर्ग, जाति र समुदायको हक सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उनले सरकार मुसलमान समुदायका अधिकारलाई संरक्षण गर्दै लामो समयदेखि एकात्मक र परम्परागत राज्यसत्ताका कारण उपेक्षित र उत्पीडनमा परेका समुदायको उत्थानका लागि प्रतिबद्ध छ भन्दै पहिचान वा समान अधिकारबाट मात्र उत्पीडित समुदायको हित नहुने भएकाले संविधानमै विशेषाधिकारको व्यवस्था हुन आवश्यक भएको बताए । रासस

 

प्रतिक्रिया