ईजरायलमा बस्ने नेपालीद्वारा सहयोग

काठमाडौं, ३० असार । काठमाडौंको वबरमहलमा भएको बम विस्फोटमा परि मृत्यु भएका मृत्तकका परिवारहरुलाई ‘नेपाल तामाङ समाज, ईजरायल’ले आर्थिक सहयोग गरेको छ ।
समाजका महासचिव श्याम योञ्जन तामाङले काठमाडौंमा आज पत्रकार सम्मेलन गरि मृत्तकहरु कृष्णबहादुर तामाङ, वीरबहादुर तामाङ र मानबाहादुर तामाङका परिवारलाई जनही तीस हजार रुपियाँका दरले सहयोग गरेका हुन् ।
यसै गरि समाजले न्यून आर्थिक अवस्थाका बाबजुद पिसियल नर्सिङ कोष एवं उच्च शिक्षा अध्यन गरिरहेकी रामेछाप बेथानकी अञ्जली दोङ तामाङलाई ३३ हजार रुपियाँ सहयोग गरेको छ ।
अध्यन, रोजगार, व्यापार र अन्य विभिन्न कारणले ईजरायल पुगेका नेपालीहरुको यो संगठनले यस अघि कुवेतबाट अर्ध चेत अवस्थामा नेपाल फर्केकी शान्तिमाया दोङ तामाङलाई उपचार खर्च ५० हजार रुपियाँ सहयोग गरेको थियो ।
यसै गरि समाजले शिक्षा, स्वास्थ्य, संस्कृतिक सुधार लगाएत क्यान्सर पीडितहरुलाई समेत आर्थिक सहयोग गरिसकेको छ ।
रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले पनि मृत्तकका छोरा–छोरीको पठन–पाठनका लागि १० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया