भारतीय स्थल सेनाध्यक्ष फिर्ता

काठमाडौं, ३० असार । भारतीय स्थल सेनाध्यक्ष बिक्रम सिंह आफ्नो औपचारिक नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।
प्रधानसेनापति छत्रमानसिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा असार–२६ काठमाडौं आएका सिंह आज स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उनलाई बलाधिकृत रथी गौरव शम्सेर जवराले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।
काठमाडौंमा रहदा राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथी पद पाएका सिंहले प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया