चर्च: आस्था किनिरहेछन् पादरीहरू

दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाले भनेका छन्– ‘अफ्रिकामा पहिले इसाईसँग बाइबल थियो, हामीसँग जमिन । अहिले हामीसँग बाइबल छ र उनीहरूसँग हाम्रो जमिन छ ।’ धार्मिक पाखण्ड साम्राज्यवादको नयाँ संस्करण बनेको छ । जुन राज्यका धार्मिक नेता पोप छन् र राज्यले भ्याटिकनस्थित रोमन क्याथोलिक सम्प्रदायको पवित्र धाम पोप दरबारलाई सर्वाधिक कूटनीतिक मर्यादा दिन्छ, उसै धार्मिक संस्थाले गर्भपतनलाई अस्वीकार गर्दछ तर गर्भपतनका लागि नेपालजस्ता दरिद्र मुुलुकलाई फन्डिङ गरिरहेको हुन्छ । गत वर्षतिर पोपको बेलायत भ्रमण यस विडम्बनाबीच चर्को विरोधका बीच सम्पन्न भएको थियो । नेपालमा भने तिनले र तिनका मतियारले जे गरे पनि केही विरोध हुन्न । निश्चित रूपमा धर्म एक व्यक्तिगत आस्थाको कुरा हो । धर्मनिरपेक्षताले त्यही माग गर्छ । तर, गरिबी र अज्ञानताको फाइदा उठाएर बनेका नेपाली चर्चहरू व्यक्तिगत आस्थामा मात्र सीमित छन् त ? यसपटकको लोकेसनमा काठमान्डुका चर्चहरू ।
बालककाल निकै अनौठो हुन्छ हगि † त्यसबेलाको मन साह्रै निश्चल र चञ्चल हुन्छ । समयको अन्तरालसँगै दिमागमा चाङ लागेका जवान स्मृतिका पत्रहरूले ती कलिला स्मृतिलाई ढाकिदिने प्रयास गर्छन् । र, पनि सम्झिरहेछु– म पढ्ने स्कुलका मिसहरूले हामीलाई कक्षामा प्रत्येक बिहान इशु प्रार्थना सिकाउँथे । साप्ताहिक रूपमा विद्यार्थीलाई बनेपाको शिर मेमोरियल हस्पिटलस्थित चर्चमा लिएर जान्थे, प्रभु येशुको प्रार्थना गराउँथे । मेरोचाहिँ त्यस्तो प्रार्थनामा उति गहिरो ध्यान हुन्नथ्यो । बरु घर फर्केपछि खोपामा रहेका महादेव, सरस्वती, कृष्णका प्रतिमाका अगाडि आफसेआफ शिर झुकिहाल्थ्यो । किनभने ती मेरा घरका देउता थिए, हृदयमा अड्डा जमाइसकेका थिए । सायद ‘नचिनेका’ देउताका अगाडि मिसहरूले हात जोड्न लगाउँदा मेरो बाल मस्तिष्कले केही असहज अनुभूति पनि गर्‍यो कि † कारण स्पष्ट खुट्याउन सक्ने मस्तिष्क थिएन, तैपनि कताकता छटपटी हुन्थ्यो । आज परिपक्व मस्तिष्कले त्यो अव्यक्त छटपटीको कारण बताइरहेछ– ती दार्जिलिङे ‘मिस’हरूले क्रिस्चियन धर्मको प्रचार गरिरहेका रहेछन्, कलिला मनमस्तिष्कमा नयाँ धर्मको विष घोलिदिएका रहेछन् ।
अहिले कुनै विदेशी एयरपोर्ट झर्दा नेपालको मौलिक अर्धमुदित बुद्धनयनले मात्र होइन, सहरका गल्लीगल्लीमा खुलेका चर्च र तिनमा भेटिने ‘जयमसी’ समूहहरूले पनि भव्य र न्यानो स्वागत गर्छन् । थुप्रै ज्ञान हामीले पश्चिमालाई दिएका छौँ । त्यो ज्ञान उनीहरू हामीबाट पाएको भन्न चाहँदैनन्, त्यो अर्कै कुरो । र, पश्चिमाले पनि नेपालीलाई उनीहरूले अँगालेको धर्म दिए, (कुनैकुनै अवस्थामा प्रलोभनको वाण पनि हाने कि †) –क्रिस्चियन । त्यसैले त हाम्रा प्राचीन सडकमा अहिले जिजस क्राइस्टलाई मुटुमै टाँसेर हिँड्नेहरू देखिन्छन् (प्रजातन्त्रअघि ती भूमिगत थिए) । तर, मलाई किनकिन एकाएक क्रिस्चियन बनेका नेपालीहरूका आँखामा बुद्धमार्गीको जस्तो स्वच्छ र निर्लिप्त दृष्टि भएको लाग्दैन । उनीहरूले जति सजिलै धर्म परिवर्तन गरेका छन्, त्यो धर्मप्रति गहिरो आस्था गड्न यति छोटो अवधि पर्याप्त छैन । धर्म परिवर्तन लुगा फेरेजति सजिलो पनि छैन । किनकि, यो युगौँदेखि पुस्ता हुँदै गर्भसँगै आयातीत हुने पुख्र्यौली स्वभाव पनि हो । अनि धर्म यति जड स्वभाव भएर रहन्छ, कुनै पनि मानिसका लागि यो परिवर्तन गर्नु आमा परिवर्तन गरे बराबर हो । धर्म मानिसको गुण हो, उसको चेतनाले निश्चित गर्ने आचरण हो र जन्मसमाजले प्रदान गर्ने जीवन शिक्षा हो । कुनै धर्मभीरुले वेद, बाइबल, कुरान र यस्तै ग्रन्थ टाउकामा राखेर शपथ गराउँदैमा त्यो अहिले भइरहेजस्तो सहज परिवर्तन किमार्थ हुँदैन ।
नेपाल हिन्दू र बौद्धको आधिकारिक भूमि हो । पशुपतिनाथ र स्वयम्भूनाथ एकअर्कामा पारस्परिक सम्बन्ध राख्दै युगौँदेखि बाँचिरहेछन् । हो, यस भूमिमा पछिल्लो समय क्रिस्चियनहरूले पनि योजनाबद्ध आवादी बढाइरहेछन् । अनि आरोप पनि खेपिरहेछन्, धर्मका नाममा साम्राज्य फैलाउन दुस्साहस । नेपाली दलित तथा निम्न आर्थिक स्तरका केही जनजातिहरू येशुलाई भगवान् मान्छौँ भन्छन् । भुक्तभोगीहरू भन्छन् : इसाईहरू पैसा, छात्रवृत्ति, स्वास्थ्योपचार र चर्च रोजगारीजस्ता अनेकौँ सुविधा उपलब्ध गराउँदै कमजोर मनस्थितिका मानिसहरूमा आºनो धर्म प्रवेश गराइरहेका छन् । हिन्दू अनि बौद्धहरूको युगौँदेखिको धार्मिक ‘आस्था’ किन्न डलरको खेती चलाइरहेछन् । यहाँ पनि चलखेल छ, प्रक्रियाको दुरुपयोग गर्दै केही व्यक्ति र पास्टर मात्र मोटाइरहेका हुन्छन् । तीमध्ये केही त राज्यका नीति निर्माण ओहदामा पुगिसकेका छन् । धर्मलाई राज्य सञ्चालनका विधिमा प्रवेश गराउनु हुन्न, तिनैले तयार गरेका प्रजातन्त्रका मूल्य र अधिकारसंहिताले त्यसो भन्छन् । तर, नेपालमा स्थिति शतप्रतिशत उल्टो छ ।
सहरमा घुइरोघुइरो सुनिन्छ– ‘नेपालको धार्मिक सहिष्णुतामा खलबल ल्याएर धर्मसँगै जोडिएर आउने संस्कृतिलाई ध्वंस गर्न अमेरिकी गुप्तचर संस्था र युरोपेली संघका नेपालस्थित कार्यालयहरू माओवादीसँग काँधमा काँध मिलाएर अगाडि बढेका छन् । माओवादीका प्रचण्ड प्रोटेस्टेन्ट र बाबुराम भट्टराई क्याथोलिक क्रिस्चियन हुन् ।’ सायद त्यसैले शाहवंशको तानाशाही प्रसंग उठाएर पृथ्वीनारायण शाहको विरोध गर्छन् उनीहरू । इतिहास भन्छ– विसं १८०० मा बनारसको भ्रमणमा जाँदा भारतीय इसाईहरूले हिन्दूहरूलाई मार्ने, काट्नेजस्ता ज्यादती गरेको देखेर पृथ्वीनारायणमा हिमवत्खण्डका विभाजित अनेकौँ साना हिन्दू राज्यलाई एकसूत्रमा बाँध्ने प्रेरणा जागेको थियो ।
उति बेला क्रिस्चियनहरूको धार्मिक साम्राज्य फैलाउने हतियार प्रत्यक्ष शक्ति थियो । पोर्चुगिज र अंग्रेज साम्राज्यले भारतमा हिन्दू–अस्मिता नष्ट गर्न हर उपाय गरे । गोवाका मन्दिरहरू चर्च बनाइए । हिन्दू मूर्तिहरूको टाउको गिँडियो, हात काटियो, बीभत्स तरिकाले नष्ट गरियो । सन् १५६० तिर थुप्रै क्रिस्चियनविरोधी जिउँदै जले । मन्दिरको सम्पत्ति जिससलाई उपहार चढाइयो । हिन्दू महिलालाई बलात्कार गर्नुलाई पनि धर्म माने क्रिस्चियनले । गैरक्याथोलिक अर्थात् हिन्दूलाई आºनै सम्पत्तिमाथि अधिकार थिएन । घरमा शालिग्राम र तुलसी राख्नु अपराध साबित गरियो, मृत्युदण्ड दिइयो । यो क्रम सन् १८१२ सम्म गोवामा चलिरह्यो । हिन्दूलाई दुवै हात पछाडि लगी बाँधेर खुट्टालाई जमिन नछुने गरी झुन्ड्याइन्थ्यो र झड्का दिएर मारिन्थ्यो । एउटा धर्मको अर्को धर्ममाथिको दयाहीन ताण्डव । सायद यतिसम्म अमानवीय व्यवहार गर त जिससले पनि भनेका थिएनन् †
यो दुरुह इतिहास पढ्दा कुनै–कुनै हिन्दूवादीले फलाक्ने क्रिस्चियनविरोधी उद्गारले तर्क समातेजस्तो लाग्छ– ‘अहिले पनि उनीहरू धार्मिक साम्राज्यको सोचमै छन् तर तरिका फेरिएको छ । शक्ति पैसामा रूपान्तरित भएको छ । त्यसैले नेपालका अर्थहीन समुदायमाथि उसको बाहुल्य छ ।’
इसाई धर्मका केही मान्यता उसैलाई पनि केही घाँडो भएझैँ देखिन्छ अहिले आएर । सायद ती मान्यता मनकारी पोपहरूका आत्माबाट जन्मिएका थिएनन् । महिलालाई त मान्छे नै मान्दैन, क्रिस्चियनको पुरानो मान्यताले । इसाईका प्रमुख शिष्य सेन्ट पालका अनुसार नारीको निर्माण मनोरञ्जनका निमित्त मात्रै भएको हो । पादरी, बिसपलाई एक वा एकभन्दा बढी रखौटी वा वेश्या राख्नु अनिवार्य मानिन्थ्यो, उसबेला । चर्चले पादरीको निम्ति वेश्यालय खुलायो । क्रिस्चियनको आदिसमाजमा स्वधर्मी महिलालाई नै अनेकौँ आरोप लगाएर नांगै पारेर कोर्रा हान्ने, शरीरमा सियो घोचेर मार्ने गरिन्थ्यो रे †
अहिले नेपालमा सबैखाले धार्मिकता स्विकारिएको छ । उता अमेरिकामा अझै पनि क्रिस्चियनबाहेक अरूलाई राज्यको माथिल्लो तहमा वर्जितै छ । अमेरिकी राष्ट्रपतिले बाइबल समातेर शपथ लिन्छन् । विधानमा लेखियोस् वा नलेखियोस्, क्रिस्चियन पुरुष मात्रै अमेरिकाको राष्ट्रपति हुन पाइरहेको छ, क्रिस्चियन महिलासम्मले पनि प्रवेश पाएका छैनन् । अमेरिकाले आफूलाई जतिसुकै प्रजातन्त्रवादी र मानवअधिकारवादी भने पनि धर्मको दृष्टिले हेर्दा शंकास्पद देखिन्छ ।
कालाहरूलाई रगेट्नु क्रिस्चियनको नजरमा धर्म रहेछ, उति बेला । बाइबल नै भन्छ– ‘दासहरू सबैलाई इसाईकरण गरिनुपर्छ र त्यसो गर्दा तिनीहरू मालिकविरुद्ध विद्रोह गर्दैनन् ।’ वास्तवमै अब्राहम लिंकनको अभियान महान् रहेछ, त्यो क्रिस्चियन समाजमा । अमेरिकी पूर्वराष्ट्रपति जेफर्सनले भनेका थिए– ‘क्रिस्चियन धर्मले अरूलाई आफूमा समाहित गर्न लाखौँ निर्दोष मानिसलाई अमानवीय यातना दियो । विश्वको आधा जनसंख्यालाई ढाँटेर, छलेर, दिग्भ्रमित पारेर मूर्ख बनाउने दुष्प्रयास गर्‍यो भने आधा जनसंख्यालाई पाखण्डी बनायो ।’ त्यसो त आºनै धर्मको दुष्प्रवृत्तिको सिकार इसाई आफैँ पनि भएका छन् । रोमका शासकहरूले उति बेलाका इसाईलाई निकै दु:ख दिए, धेरैलाई मारे र ‘दास’ बनाए । दुई हजार वर्षअघि अहिलेको इजरायलको बेथलेहममा जन्मेका जिसस क्राइस्टको जन्मदिनलाई डिसेम्बर २५ तारिखमा क्रिसमस दिवसका रूपमा मनाइन्छ । इसाईहरू दुई समूहमा विभाजित छन्– क्याथोलिक र प्रोटेस्टेन्ट । अनि दुवैको आºनै तरिका छ क्रिसमस मनाउने । सायद यो विभाजनको कारण उही हो, इसाईले इसाईमाथि गर्ने अत्यचार ।
नेपालमा इसाईहरू कहिले भित्रिए ? यसको ठ्याक्कै तथ्य थाहा छैन । तर, मल्लकालीन राजा प्रताप मल्लका पालामा नेपाल पसेको इतिहास छ । सन् १९५१ मा श्री ५ त्रिभुवनको निमन्त्रणामा नेपाल आएका इसाई धर्मगुरुले इसाई धर्मको प्रचार र विस्तारका लागि सामाजिक काममा हात हालेको तथ्य पाइन्छ । सन् १९९३ मा क्याथोलिक सोसाइटी स्थापना भएपछि मात्रै नेपालमा इसाई धर्मको हाँगो फैलिन थालेको हो । विसं. २०६३ मा तत्कालीन व्यवस्थापिका–संसद्ले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि क्रिसमसले पनि राष्ट्रिय मान्यता पाएको छ । युरोपमा नंग्रा खियाइरहेका नेपालीले चाहिँ दशैँमा पनि बिदा पाउँदैनन् बिचरा † ०४६ सालसम्ममा करिब दुई लाखको संख्यामा रहेका नेपाली क्रिस्चियन अहिले १५ लाखको हाराहारीमा पुगेको दाबी छ । अनि सात हजारबाट पनि उकालो लाग्दै छ चर्चहरूको संख्या ।
इसाई धर्मावलम्बी ‘ईश्वरले आवश्यकताअनुसार वा भक्तजनको प्रार्थना सुनेर प्रकृतिका नियमलाई हस्तक्षेप वा निलम्बन गरी चमत्कार गर्न सक्छ’ भन्ने विश्वास गर्छन् । प्रकृतिका नियमको निर्माणमा ईश्वरको भूमिकालाई स्वीकार गर्ने हो भने एक अर्काे महत्त्वपूर्ण प्रश्न उठ्ने स्टिफन हकिङको तर्क छ– के प्रकृतिका नियमविपरीत कुनै चमत्कार सम्भव
छ ? तर, प्रकृतिका नियमको निर्माणमा ईश्वरको भूमिका स्विकार्ने प्लेटो तथा एरिस्टोटलजस्ता प्राचीन ग्रिक दार्शनिकसमेत प्रकृतिका नियमविपरीत चमत्कार सम्भव हुनेमा विश्वास गर्दैनथे ।
जर्मन लेखक हल्गर कस्र्टेनले आफ्नो किताब ‘जिसस लिभ्ड इन इन्डिया’ मा जिससले आºनो जीवनका १४ वर्ष विश्वका अरू धर्मबारे बुझ्न खर्चिएको उल्लेख गरेका छन् । यसकै लागि उनी भारत हुँदै नेपालसम्म पनि आइपुगे । किनकि, उनीभन्दा एक सय ५० वर्षअघि भारतीय सम्राट् अशोकले श्रीलंका, बर्मा, मध्यपूर्वसम्म पनि बौद्धधर्मको प्रचार गरेका थिए । यही कारण जिसस बौद्धधर्मप्रति चासो राख्थे । भारत आएपछि उनले जगन्नाथपुरीमा बसेर हिन्दू धर्मबारे पनि अध्ययन गरे । तर, यो प्रसंग बाइबलमा कतै उल्लेख छैन । कस्र्टेनको किताबमा १८८७ मा तिब्बतको हेमिस गुम्बामा पाइएको हस्तलिखित पुस्तकको प्रसंग पनि उठाइएको छ । जहाँ बाइलबमा उल्लेख नभएका १४ वर्ष जिससले भारत र नेपालमा बिताएको लेखिएको भेटियो । अनि सोही तिब्बती किताबले स्वदेश फर्कंदा जिससलाई क्रसमा झुन्ड्याएर मारिएको र नेपाल तथा भारतमा सिकेको योगविद्याको बलमा नै क्रसमा झुन्डिँदा उनलाई कुनै पीडानुभूति नभएको प्रसंग पनि समेटेको कस्र्टेनले लेखेका छन् ।
येशुका चेलाहरू चलाख छन् । तिनले आºनो मान्यता अरूमा कसरी थोपर्न सकिन्छ भन्ने जानेका छन् । हिन्दू धर्मका कर्मकाण्डमा मृत्युसंस्कार गर्दा गरुड पुराणले मृत व्यक्तिका पापकर्मबारे भयावह कथा रचेको हुन्छ र क्रिया बसेका तिनका आफन्तलाई त्यस्ता कथा वाचन गरी पुरेतले धन बटुल्छ । यो धार्मिक मान्यता कसरी शोकमग्न परिवार र समाजमाथि लादेर आस्था र आर्थिक दोहन गर्ने भन्नेतिर लक्षित छ । उता सहरका टोल टोलमा खुलेका चर्चहरूले पश्चिमा मान्यतालाई कसरी गरिब नेपालीका आस्थामा प्रतिस्थापन गर्ने, त्यसैमा भगीरथ प्रयत्न गरिरहेका छन् । तिनकै सामाजिक मूल्य, धार्मिक मान्यता र जीवनशैली लादिरहेका छन् । भोलि तिनले धर्मकै नाममा राज्यमा अंशबन्डा हुने खतरा छ, धर्मकै नाममा अंश दिने खतरा छ । म धोबीघाटको चर्चअघि उभिएर बसेको छु : प्रार्थना गर्न आउने जानेको संख्या ठूलै छ तर तिनका अनुहार र वर्णबाहेक सबै कुरा नेपाली छैन । यही दरमा चर्च बढाउने हो भने, नेपाल मकाउ बन्नेछ, विविधतापूर्ण नेपाल रहने छैन ।

प्रतिक्रिया