आङगिक क्याम्पस र अनुसन्धान केन्द्र बन्द

काठमाडौं, २९ असार । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले एक वर्षदेखि बढेको तलब र पोसाकभत्ता नपाएको भन्दै त्रिविका सम्पूर्ण आङगिक क्याम्पस तथा अनुसन्धान केन्द्र बन्द गराएपछि पठनपाठन दोस्रो दिन पनि प्रभावित भएका छन् ।
बढेको तलब र पोसाकभत्ता हालसम्म प्राध्यापक र कर्मचारीले नपाएकाले दबाबस्वरूप संघले दुई दिन सम्म आङ्गिक क्याम्पस र अनुसन्धान केन्द्र बन्द गर्ने निर्णय गरेको हो ।
संघका महासचिव पे्रमराज खनियाँले आफूहरूले राखेका माग यही असार ३१ गतेभित्र सम्बोधन नगरे पुनः थप संघर्षका कार्यक्रम तय गर्ने बताए । संघले मुलुकभरका ६० वटै आङगिक क्याम्पस बन्द गराएको छ ।
बन्दका कारण उपत्यकाका महेन्द्ररत्न क्याम्पस ताहाचल, रत्नराज्य क्याम्पस प्रदर्शनीमार्ग, भक्तपुर बहुमुखी क्याम्पस, पद्मकन्या क्याम्पसलगायतमा पठनपाठन ठप्प छन् ।
उपत्यकामा २२ र उपत्यका बाहिरका ३८ गरी मुलुकभरका ६० आङगिक क्याम्पस र चार अनुसन्धान केन्द्रमा हाल १५ हजार २ सय ७६ जना प्राध्यापक र कर्मचारीले बढेको तलब र महँगीभत्ता नपाएको गुनासो संघले गर्दै आएको छ । सौर्य

प्रतिक्रिया