स्थानीयको प्रतिकारमा प्रहरीद्वारा हवाई फायर

सिन्धुपाल्चोक, २८ असार । सिन्धुपाल्चोकको गाती–९, सख्वामा स्थानीयवासिन्दा विरोधमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको छ ।
बुधबार राति प्रहरी ज्यादती भएको भन्दै स्थानीय प्रहरी विरुद्ध उत्रिए पछि स्थितिलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।
ज्यान मार्ने उद्योगका आरोपी छिरिङ तामाङलाई पक्राउ गर्न गएको प्रहरी टोलीले स्थानीयवासिन्दा माथि दुव्र्यवहार गरेको आरोप लगाउदै उनीहरुले विरोध सुरु गरेका थिए ।
गत चैत–२४ गते मध्य भोटेकोशी आयोजनाले गाउँमा राखेको सार्वजानिक सुनुवाई कार्यक्रममा तामाङ र स्थानीय पदम श्रेष्ठबीच बिबाद हुँदा हात हालाहाल भएको थियो ।
झगडामा सामान्य घाईते श्रेष्ठले प्रहरी सामु ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराएका थिए ।
बुधबार राति नौ बजे तामाङलाई खोज्दै सख्वा पुगेको प्रहरी टोलीले स्थानीयका घरमा प्रवेस गरेर दुब्र्यवहारका साथै यातना दिएको स्थानीय निमादार्जे तामाङले आरोप लगाए । स्थानीयले ढुङ्गामुडा गर्न थाले पछि प्रहरी टोली भागेको थियो ।
स्थानीयले प्रहरीले ज्यादति गरेको भन्दै आज अरनिको राजमार्ग अन्तर्गत सख्वामा कन्टेनर राखेर सडक अबरुद्ध बनाएका छन् ।

प्रतिक्रिया