नयाँ चुनाव बैशाखमाः सिटौला

धनकुटा, २८ असार । कांगे्रस महामन्त्री कृष्णप्रसाद सिटौलाले नयाँ चुनाव आगामी बैशाखमा हुने भन्दै सोही मितिलाई ध्यानमा राखेर तयारी गर्न भातृ संगठन र मातहतलाई निर्देशन दिएका छन् ।
‘मंसिर–७ गते कुनैपनि हालतमा निर्वाचन हुन सक्दैन,’ उनले भने, ‘नयाँ निर्वाचन बैशाखमा हुने भएकाले त्यसलाई केन्द्रमा राखेर तयारी गर्नुस् ।’
नेपाल प्रेस युनियनले आज धनकुटामा आयोजना गरेको कार्यक्रममा सिटौलाले बैशाखलाई केन्द्रमा राखेर कांग्रेस चुनावको तयारीमा जुटेको बताए । ‘सहमति भएपनि नभएपनि बैशाखमा चुनाव हुन्छ,’ उनले भने, ‘कामचालउ सरकारले घोषणा गरेको निर्वाचन बैधानिक छैन ।’
उनले लोकतन्त्र बचाउनका लागि पनि बैशाखमा आवधिक निर्वाचन गर्नु पर्ने बताए ।
कांगे्रस नेतृत्वले मात्रै संविधान र निर्वाचन गराउन सक्ने स्पष्टपारेका महामन्त्री सिटौलाले पार्टी भित्रको आन्तरिक बिवाद, सैद्धान्तिक नभएको दाबी गरे । उनले भने, ‘समस्याको समाधान सहजै हुन्छ ।’
विदेशी शक्तिहरुले नेपाली पे्रसमा गरेको पीडा र दबावलाई कांगे्रसले बुझेको उल्लेख गरेका सिटौलाले लोकतन्त्र स्थापित भए मात्रै पत्रकारिता क्षेत्र सुरक्षित रहने बताए ।

प्रतिक्रिया