बंगुरले टोकेर एक जनाको मृत्यु

सिन्धुली, २७ असार । सिन्धुली जिल्लामा घर पालुवा बंगुरले टोक्दा एक जनाको मृत्यु भएको छ ।
निपाने–३ बस्ने ५४ बर्षीय टेकबहादुर सार्कीलाई घर पालुवा बंगुरले मंगलबार बेलुका टोक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाँउ बस्ने खड्ग बहादुर पुर्वाछानेको घरमा पालेको बंगुरले तिघ्रामा टोकेर घाइते भएका उनलाई उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया