सिंहलाई मानार्थ महारथी पद

काठमाडौं, २७ असार । राष्ट्रपति डा.रामवरण यादवले भारतीय स्थलसेनाध्यक्ष बिक्रम सिंहलाई नेपाली सेनाको मानार्थ महारथी पदको सम्मान दिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा डा.यादवलाई सो पद र दर्जानी चिन्ह प्रदान गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिंहलाई महारथी पद र दर्जानी चिन्ह प्रदान गर्ने क्रममा उप–राष्ट्रपति परमानन्द झालगायत उच्च पदस्थ कर्मचारी र सैनिक अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया