साइपाल र नासा सेमिफाइनलमा

काठमाडौं : साइपाल ‘बी’ र नासा प्रथम पिरामिड अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । साइपाल ‘बी’ ले पिरामिड ‘बी’ लाई ७–१ ले पराजित गर्‍यो । नासाले पिरामिड ‘बी’ लाई १०–४ तथा साइपाल ‘बी’ लाई ८–६ ले पाखा लगायो ।
काठमाडौं जिल्ला खेलकुद विकास समिति तथा पिरामिड इन्टरनेसनल कलेजद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको गल्र्समै गोल्डेनगेट र क्लासिकले पनि सेमिफाइनलमा स्थान पक्का गरे । गौशालाको पिङ्गलास्थानस्थित पिरामिडको कोर्टमा भएको खेलमा गोल्डेनगेटले साइपाल ‘ए’ लाई ९–१ ले पन्छायो भने क्लासिकलाई ७–१ को नतिजामा पाखा लगायो । क्लासिकले साइपाल ‘ए’ माथि १२–११ को जित निकाल्यो । सेमिफाइनलमा नासाले क्लासिकसँग खेल्नेछ भने गोल्डेनगेटले साइपाल ‘बी’ विरुद्ध प्रतिस्पर्धा गर्नेछ । (सौस)

प्रतिक्रिया