प्रमोसनमा जुट्यो मालतीको भट्टी

प्रदर्शनको तयारीमा रहेको चलचित्र मालतीको भट्टीलाई प्रमोसन गर्ने उद्देश्यले निर्माण समूहले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्‍यो । सम्मेलनमा निर्देशक गणेश पाण्डेले चलचित्र राम्रो बनाउन आफ्ना तर्फबाट सकेसम्म कुनै कमजोरी हुन नदिएको बताए । नायिका नन्दिता केसीले आफूले अहिलेसम्म यो चलचित्रमा जस्तो भूमिका अन्य कुनैमा नगरेको उल्लेख गरिन् । नायक जीवन लुइँटेल भने यसै चलचित्रका लागि आफू अस्ट्रेलियाबाट नेपाल आएको बताए । भने, ‘यसको स्क्रिप्ट मैले अस्ट्रेलियामै छँदा पढेको थिएँ, राम्रो लागेपछि नेपाल आएर अभिनय गरेँ ।’ कलाकार सुनील थापाले आफूले सो चलचित्रमा अभिनेताभन्दा पनि सहायक प्रोडक्सन कन्ट्रोलरजस्तो भएर काम गरेको बताए । यो चलचित्र असार २९ गतेबाट उपत्यका र मोफसलका हलमा लाग्दैछ । सोही दिनबाट तँ त साह्रै सप्रिस नि बद्री र लक पनि रिलिजको तयारीमा छन् । (सौस)

प्रतिक्रिया