धरौटी बुझाउन नसक्दा जेल चलान

राजविराज, २७ असार । गोरु मारेको अभियोगमा अदालतले मागेको धरौटी बुझाउन नसक्दा राजविराजका एक व्यक्ति जेल चलान भएका छन् ।

जिल्ला अदालत राजविराजले राजविराज–७ का श्रीलाल पासवानसँग मागेको दुई लाख रुपियाँ बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो । जिल्ला प्रहरी कार्यालय राजविराजले पासवानविरुद्ध दर्ता गरेको मुद्दामा मंगलबार सुनुवाइ भएको थियो ।
पासवानले बगैँचाको आँप खाएको रिसमा ८ असारमा स्थानीय शिवनारायण यादवको गोरुलाई भालाले हानेर मारेका थिए । यादवले दिएको उजुरीका आधारमा छानबिन गरी प्रहरीले अदालतमा पासवानविरुद्ध मुद्दा चलाएको हो ।

प्रतिक्रिया