साल्ट ट्रेडिङमा अनुगमन

भैरहवा : बालुवा मिसाइएको आयोनुन वितरण गर्ने नेपाल साल्ट ट्रेडिङ कर्पारेसन लिमिटेडको भैरहवास्थित गोदाममा प्रशासनले सोमबार गरेको अनुगमन विवादित बनेको छ ।

आयोनुनमा मिसावटको मात्रा अत्यधिक पाइएको उपभोक्ताको गुनासोपछि अनुगमनमा पुगेको प्रशासनले उपभोक्तावादी संस्था र सञ्चारकर्मीलाई झुक्याएर अनुगमन गरेपछि आशंका उब्जिएको हो ।
नापतौल विभागका वरिष्ठ निरीक्षक योगेन्द्र पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले गोदाममा अनुगमन गरेको हो । उनले नुनको गुणस्तर ठीक भएको प्रतिक्रिया दिए ।
उपभोतmा मञ्च रूपन्देहीका अध्यक्ष लक्ष्मण वैदावारले उपभोक्ताकर्मीलाई झुक्याएर अनुगमन गरेको बताए । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख किशोर खत्रीले कर्पोरेसनको प्याकिङस्थल अव्यवस्थित र फोहोर भएको बताए । कर्पोरेसनले नेपालका पाँच ठाउँमा नुन प्याकिङ गर्दै आएको छ । विराटनगर, सिमरा, भैरहवा, पोखरा र नेपालगन्जमा नुन प्याकिङ गर्ने गोदाम छन् ।

 

प्रतिक्रिया