बेबी किङ राख्ने सम्भावना छैन

विराटनगर, २६ असार । कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा राजतन्त्र फर्किन नसक्ने दाबी गरेकी छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले राजतन्त्र फर्किने दिवास्वप्न नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरिन् ।
राजतन्त्र राख्ने सम्बन्धमा सातदल र ज्ञानेन्द्र शाहबीच कुनै लिखित सम्झौता नभएको उनको दाबी थियो । उनले भनिन्, ‘अब बेबी किङ राख्ने सम्भावना छैन ।’ सौर्य

प्रतिक्रिया