मुस्लिम आयोगका अध्यक्ष हटाउन माग

काठमाडौं, २६ असार । मुस्लिम आयोगका अध्यक्ष निर्दोष अलीलाई तत्काल पदबाट हटाउन उनकै दल एमाओवादी निकट मुस्लिम समुदायले माग गरेका छन् ।
एमाओवादी निकट मुस्लिम मुक्ति मोर्चा नेवाः राज्य संयोजक नजी बुल्लाह अन्सारीको नेतृत्वको टोलीले अलीलाई पदबाट हटाउन माग गरेको हो । अलीलाई ईस्लाम धर्मविरोधी र मुस्लिम विरोधी भन्दै अन्सारीले प्रधानमन्त्री कार्यालयलगायतमा उजूरी दर्ता गरेका हुन् ।
संयोजक अन्सारीले मुस्लिम समुदायमै आँच आउनेगरी अलीको नियुक्ति हुनु दुर्भाग्यपूर्ण रहेको बताए ।

प्रतिक्रिया