सर्पले डसेर पाँच जनाको मृत्यु

कैलाली, २५ असार । वर्षायामको सुरुवातसँगै कैलालीमा विषालु सर्पले टोकेर पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा तीन महिला र दुई पुरुष रहेका छन् । सेती अञ्चल अस्पतालका अनुसार हालसम्म विषालु सर्पले डसेर धनगढी नगरपालिका १० की सुनीता चौधरी, श्रीपुर गाविस लालपुरकी कुमारी ओली, धनवहादुर रोका, चुहा गाविसका पदम जैशी र कञ्चनपुर कृष्णपुर गाविसका जलसादेवी उपाध्यायको मृत्यु भएको छ ।
असार सुरु भएदेखि हालसम्म सेती अञ्चल अस्पतालमा ५२ जना सर्पदंशका विरामी उपचारका लागि भर्ना भएका छन् । ति मध्ये पाँच जनाको उपचारका क्रममा मृत्यु भएको अस्पताल आकस्मिक कक्ष इन्चार्ज कृष्ण वोहराले बताए ।
कउनका अनुसार विषालु सर्पले डसेका र ढिलो गरि अस्पताल भर्ना भएका कारण विरामीहरुको मृत्यु भएको हो । सौर्य

प्रतिक्रिया