राजसंस्था राख्ने सहमति भएको छैन

कैलाली, २५ असार । एमाले अध्यक्ष झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाहले धमिलो पानीमा माछा मार्न खोजिरहेको आरोप लगाएका छन् ।
उनले राजसंस्था फर्कने कुनै सम्भावना नहरेको बताए । कैलालीमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले भने, ‘हालै पूर्वराजाले ०६२/०६३ को जनआन्दोलनको बेला दलहरुसँग राजसंस्था राख्ने बारे लिखित सम्झौता भएको भनि दिएको अन्र्तवातामा कुनै सत्यता छैन् ।’
उनले सहमतीय सरकार निर्माणका लागि कामचालउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराइले मार्ग प्रसस्त गर्नुपर्ने बताएका छन् । खनालले सहमति विना मुलुकको राजनीति अघि बढ्न नसक्ने बताए ।
संविधानसभा विघटन पछि मुलुकमा संवैधानिक संकट उत्पन्न भएको भन्दै उनले मिलेर निकास दिनुको विकल्प नरहेको बताए ।
राजनीतिक दलहरुबीच सहमति नगरेरै सरकारले पूर्ण बजेट ल्याए प्रतिवाद गर्ने खनालले बताए ।

प्रतिक्रिया