काठमाडौं, २३ असार । भैरहवाबाट काठमाडौं आएका मणीलाल गुरुङ बसमै बेहोस अवस्थामा फेला परेका छन् ।
कंलकीस्थित लु. १ ख ६५०५ नम्बरको बसमा भैरहवावाट काठमाडौं आउने क्रममा अन्दाजी ५० वर्षीय गुरुङ आज विहान बेहोश अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले उपचारका लािग शहीद मेमोरियल अस्पताल कंलकीमा भर्ना गरेको छ । ठेगाना नखुलेका गुरुङ बेहोस हुनुको कारण समेत खुल्न सकेको छैन ।
गुरुङ बेहोस भएको पाएपछि प्रहरीले बसका सह–चालक रुपन्देही जिल्ला रामापुर–८ बस्ने ३६ वर्षीय शंखमणी चौधरी र १५ वर्षीय अभिनाश योगीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया