सत्तामा बसिरहन नयाँ निर्वाचन

जनकपुर, २३ असार । एमाले अध्यक्ष झलनाथ खनालले मंसिर–७ गतेका लागि घोषणा गरिएको निर्वाचन नौटङ्कीमात्र भएको दोहराएका छन् ।
जनकपुरमा आज आयोजित कार्यक्रममा उनले मंसिर–७ गते चुनाव हुने कुनै लक्षण नहरेको बताए । उनले भने, ‘चुनाव घोषणा प्रधानमन्त्री बाबुराम भट्टराईको दम्भ प्रदर्शन र सत्तामा बसिरहने षड्यन्त्र मात्रै हो ।’
उनले राष्ट्रिय सहमतिको विकल्प नभएको अवस्थामा प्रधानमन्त्रीद्वारा स्वेच्छाचारी ढङ्गले संविधान विरोधी कदम चाल्नुले राजनीतिक, संवैधानिक र आर्थिक सङ्कट उत्पन्न भएको बताए ।
अध्यक्ष खनालले मधेसी मोर्चाका नेताहरुबाट अघि सारिएको एक मधेस, एक प्रदेशको अवधारणा राष्ट्रलाई विभाजित गर्ने घातक एवम् प्रायोजित अवधारणा भएको आरोप लगाए । सौर्य

प्रतिक्रिया