नेविसंघले विदेशी नामका बोर्ड हटाउने

काठमाडौं, २३ असार । नेपाली कांंग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विदेशी नाम राखेका विद्यालय तथा कलेजका बोर्ड हटाउने भएको छ । विदेशी नाम राखेर विकृति ल्याएको भन्दै संघले शनिबारदेखि बोर्ड हटाउने अभियान थालिने जनाएको छ ।

संघका प्रवक्ता युपी लामिछानेले जुलुससहित गएर बानेश्वरबाट बोर्ड हटाउने अभियान थालिने बताए । विदेशी नाम राख्दैमा गुणस्तर नहुने र त्यसले विकृति मात्र ल्याउने भएकाले त्यस्ता बोर्ड हटाउन लागेको लामिछानेको भनाइ छ ।
विद्यार्थी आकर्षण गर्न सजिलो हुने भन्दै सयौँ विद्यालय तथा कलेजले विदेशी नाम राख्ने गरेका छन् । शिक्षा विभागले नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न निर्देशनसमेत दिएको थियो ।

प्रतिक्रिया