काठमाडौं : परिवर्तनका लागि हतियारभन्दा बौद्धिकता प्रभावकारी हुने सन्देश प्रवाह गर्दै चलचित्र निर्माण हुने भएको छ– सुट । राजधानीको भद्रकाली मन्दिरमा बिहीबार सो चलचित्रको शुभमुहूर्त गरियो ।
दीपक क्षत्री, दिनेशजंग खड्का, सुरज रानाभाट, विशाल केसी, नीता पोखरेल, आयुषा राई, रञ्जिता लिम्बु, जिएस पाण्डेलगायतले अभिनय गर्ने चलचित्र क्रियटिभ एक्सपोजको ब्यानरमा अनुष्का खड्का र हेमन्तकुमार श्रेष्ठले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन् । चलचित्रमा भोजराज प्रसाईको संगीत, अच्युत घिमिरेको नृत्य, उछोन चेम्जोङको द्वन्द्वनिर्देशन छ । बढ्दै गएका अश्लील र एवम् छाडा चलचित्रलाई काउन्टर दिने गरी मूलधारमा रहेर चलचित्र बनाइने निर्देशक विश्वदीप घिमिरेले कार्यक्रममा बताए । – क्रेसुना मास्के, प्रशिक्षार्थी
प्रतिक्रिया