केसी आमरण अनशनमा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा रिक्त पदाधिकारीको नियुक्ति योग्यता र वरिष्ठताका आधारमा गर्नुपर्ने माग राख्दै एक प्राध्यापक आमरण अनशनमा बसेका छन् ।
संस्थानमा राजनीतिक गतिविधि बढेको र पदाधिकारी नियुक्ति दलगत भगबन्डामा हुन नहुने भन्दै प्रा.डा. गोविन्द केसी महाराजगन्जस्थित कार्यालयबाहिर बिहीबार दिउसोदेखि आमरण अनशनमा बसेका हुन् । ‘आइओएममा राजनीतिक नियुक्ति होइन योग्यता र वरिष्ठता भएका व्यक्तिबाट प्रतिस्पर्धात्मक र पारदर्शिताका आधारमा हुनुपर्छ,’ प्रा. डा. केसीले भने । करिब नौ महिनादेखि संस्थानका डिन, तीनजना सहायक डिन, क्याम्पस चिफ, सहायक क्याम्पस प्रमुखलगायत पद रिक्त छन् । (सौस)

प्रतिक्रिया