जोकोभिक सेमिफाइनलमा


लन्डन, २१ असार । शीर्ष वरीयताका नोभाक जोकोभिक विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । लगातार नवाँैपटक ग्रान्डस्लाम टेनिसको सेमिफाइनलमा प्रवेश गरेका डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिकले मंगलबार भएको क्वार्टरफाइनल खेलमा जर्मनीका फ्लोरियन मायरलाई ६–४, ६–१ र ६–४ ले पराजित गरे । जोकोभिकले तेस्रो सेटमा ब्रेट गर्दै ५–४ को अग्रता लिए भने अन्तिम प्वाइन्ट बटुल्ने क्रममा तीनपटक ब्रेकप्वाइन्ट जोगाए । उनले सेमिफाइनलमा रोजर फेडेररसँग खेल्नेछन् । फेडेररले मिखायल युज्नीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । फेडेरर र जोकोभिकबीच भएका २६ खेलमध्ये फेडेरर १४ खेलमा विजयी भएका छन् । तर, विम्बल्डनमा यी दुईबीचको पहिलो भेट हो । फेडेररले युज्नीसँगको ६–१, ६–२ र ६–२ को जित हात पारेका हुन् ।
फेडेरर र जोकोभिकबीच पछिल्ला दुई वर्षमा पाँचपटक ग्रान्डस्लाम टेनिसको सेमिफाइनलमा भेट भएको छ जसमा चारपटक जोकोभिक विजयी भएका छन् । सन् २००९ यता चारपटक सेमिफाइनल प्रवेश गरेका फेडेररले कोनर्ससँगै सर्वाधिक सेमिफाइनल प्रवेशको कीर्तिमान कायम गरेका छन् । सातपटकको विम्बल्डन उपाधिको कीर्तिमान कायम गर्नेछन् । फेडेरर र युज्नीबीचको खेल वर्षाका कारण केही समय रोकिएको थियो ।
फेडेररको खेल हेर्न बेलायती राजकुमार विलियम र युवराज्ञी काटेका साथै टेनिस इतिहासकै महान खेलाडी स्टेफी ग्राफ, रोड लेभर र आन्द्रे आगासी उपस्थित थिए । फेडेररले युज्नीसँगको १४ भेटमा शतप्रतिशत विजय हात पारेका छन् । फेडेररले उपाधि जितेका उनी सन् १८८० मा विलियम रेन्स र २००० मा पिट सम्प्रासले कायम गरेका सात विम्बल्डन जितको कीर्तिमानसँग बराबरी गरेका छन् ।

प्रतिक्रिया