चितवनमा दुई जनाको मृत्यु

चितवन, २० असार । पश्चिम चितवनको शुक्रनगर–७, लेभरनगरको जंगलमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
६५ वर्षीया दिलमाया थापाको घर नजिकैको जंगलमा घास काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा मंगलबार साँझ मृत्यु भएको हो ।
थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै, बिग्रीएको मोटर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा मेघौली–३ बस्ने ४५ बर्षीय खिमबहादुर थापाको ज्यान गएको छ ।
मेघौली–१ बस्ने उजेली कुमालको खेतमा रोपाईं गर्ने क्रममा पानी तान्ने मोटर बिग्रीएपछि मर्मतका लागि पुगेका थापालाई मंगलबार साँझ करेन्ट लागेर घाईते भएका थिए । उनलाई भरतपुर ल्याउने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सौर्य

प्रतिक्रिया