भरतपुरमा चिकित्सक माथि अभद्र व्यवहार

चितवन, १९ असार । चिकित्सकको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका चिकित्सक माथि अभद्र व्यवहार भएको छ ।
रगतको क्यान्सरबाट पीडित १३ वर्षीय बालिका मोनिका तिमल्सिनाको मृत्यु भएपछि अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर कृष्णसागर शर्मा माथि आफन्तले अभद्र व्यवहार गरेका हुन् ।
करिब १० दिन अघि अस्पताल भर्ना गरिएकी बालिकाको आज बिहान पौने ९ बजे मृत्यु भए पछि आफन्त चिकित्सक माथि खनिएका हुन् । आफन्तले डाक्टर शर्माले उपचारमा लापरवाही गरेकाले बालिकाको मृत्यु भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया