संविधानसभा व्यूताउनु नै उत्तम विकल्प

भक्तपुर, १९ असार । कांग्रेस केन्द्रीय सदस्य गोपलमान श्रेष्ठले वर्तमान राजनीतिक निकासको उपायूक्त विकल्प संविधानसभा ब्यूताउनु नै रहेको बताएका छन् ।
रफत संचार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा उनले संविधानसभा व्यूताउन एमाओवादी, कांग्रेस र एमाले सहमत भईसकेको दावी गरे । उनले भने, ‘दलहरुका वीच सहमति भए पनि प्रधानमन्त्री बाबुराम भट्टराईका कारण संविधानसभा ब्यूताउन गाह्रो भएको छ ।’
प्रधानमन्त्री भट्टराईले एकाएक संविधानसभा भंग गरेर देशलाई संकटमा धकेलेको उनको आरोप छ । उनले भने, ‘मुलुकमा संकट आउनुमा प्रधानमन्त्री भट्टराई र एमाओवादी दोषी छन् ।’

प्रतिक्रिया