चितवनको बन्द फिर्ता

चितवन, १८ असार । सत्तारुढ एकीकृत माओवादीले आह्वान गरेको चितवन बन्द फिर्ता लिएको छ ।
एमाओवादी चितवनका कार्यबाहक ईन्चार्ज घनश्याम दाहालले विज्ञप्ति जारी बन्द फिर्ता लिएको जनाएका छन् । बन्द खुलेपछि सडकमा अलपत्र परेका सयौं सवारी साधन र हज्जारौं यात्रु गन्तव्य तर्फ लागेका छन् ।
असार–१६ गते भरतपुरमा रहेको पार्टी कार्यालय प्रयोगका बिषयमा एमाओवादी र नेकपा–माओवादीका कार्यकर्तावीच गोली हानाहान भएपछि एमाओवादीले विरोधमा बन्द आह्वान गरेको थियो ।
पार्टी कार्यालय भागचलनको विषयलाई लिएर भएको दुई माओवादीको कलका कारण आज चिवतनका सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो ।

प्रतिक्रिया