बर्षाका कारण फाल्गुनन्द मार्ग बन्द

इलाम, १६ असार । एक सादेखिको लगातारको वर्षाका कारण इलामका ग्रामीण सडकहरुमा क्षति पुग्दा गाडी गुड्न बन्द भएको छ ।
झापाको दमकबाट रवी हुँदै उत्तरी इलामको राँके बजारसम्म जोड्ने राष्ट्रिय विभूती फाल्गुनन्द मार्ग वर्षाले क्षतिग्रस्त भएपछि एक सातादेखि गाडीहरु चल्न सकेका छैनन् । गाडी चल्न छाडेपछि अत्यावश्यक सामानको मूल्य बृद्धि भएको छ । स्थानीयको जनजीवन समेत प्रभावीत बनेको छ ।
पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरका दुई दर्जन बढी गाविसहरुलाई छुने करिब ७० किलोमिटर दुरीको कच्ची सडकमा यातायातका साधन चल्न छोडेपछि हजारौं सर्वसाधारण प्रभावित बनेका हुन् ।
सडक निर्माणमा राज्यको चासो जान नसकेका कारण बर्षेनी बर्षादको समयमा सो सडकमा सवारी साधन चल्न सक्दैनन् ।
रतुवाको किनारै किनार पर्ने दमक–लारुम्बा सडक खण्डको १७ किलोमिटर दुरी वर्षाले बढीक्षतीग्रस्त बनाएको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया