अर्को प्रधानमन्त्री नियुक्त गर्न सुझाव

काठमाडौं, १४ असार । नेपाल सद्भावना पार्टी (आनन्दी देवी) की अध्यक्ष सरिता गिरीले सरकार पूर्णत असंवैधानिक रहेको भन्दै राष्ट्रपतिले अर्को प्रधानमन्त्री नियुक्त गर्नु पर्ने बताएकी छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनले भनिन्, ‘बाबुराम भट्टराईले तत्काल राजीनामा दिएर मुलुकको संकटकालिन अवस्थालाई निकास दिनुपर्छ ।’
उनले संविधानसभा विघटनसँगै वर्तमान सरकार असंवैधानिक भईसकेको बताईन ।
अध्यक्ष गिरीले मुलुकको विग्रदो अवस्थालाई समाधान गर्न राजनीतिक दलहरुबीचको सहमतिमा अन्तरिम संविधान २०६३ लाई पुनर्जीवीत गरी वैधानिक सरकार गठन गर्नुपर्ने माग गरेकी छन् ।

प्रतिक्रिया