“सविता जिताऊ” अभियान

कैलाली, १४ असार । स्पोटर्स अवार्डको वर्षको लोकप्रिय खेलाडीमा मनोनीत भएकी सविता चौधरी गृहनगर धनगढीमा आफूलाई जिताउन मत मागिरहेकी छन् ।
‘सवितालाई जिताऊ’ अभियान धनगढीको आयोजनामा बुधबार कैलाली बहुमुखी क्याम्पस र सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढीका विद्यार्थीहरूसँग सविताले मत मागेकी हुन् । २५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी सविताले सुदूरपश्चिमको गौरवका लागि आफूलाई मत दिएर जिताउन क्याम्पसका हरेक कक्षामा गएर विद्यार्थीहरूसँग आग्रह गरेकी थिइन् ।
मंगलबार गृहनगर धनगढी आएकी सवितालाई जिताउन बुधबार क्याम्पसहरूमा थालिएको प्रचारप्रसार अभियानमा नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले पनि सहयोग गरेका थिए ।
साथै कैलालीको अत्तरियास्थित विभिन्न क्याम्पस र कञ्चनपुरको कञ्चन बहुमखी क्याम्पसमा पनि सविताले मत मागेको सविता जिताऊ अभियान प्रचारप्रसार समितिले जनाएको छ । समितिले बिहीबार कैलालीको टीकापुर तथा राजमार्गका बजार, स्कुल क्याम्पसहरूमा सवितालाई लगेर मत माग्ने अभियानका संयोजक विदेश चौधरीले बताए । मंगलबार सवितालाई जिताउनका लागि भोट हाल्न आग्रह गर्दै धनगढीवासीले धनगढीमा मोटरसाइकल र्‍याली निकालेका थिए ।

प्रतिक्रिया