बन्दकर्तासँग झडप

राजविराज : सप्तरी कञ्चनपुरस्थित सर्वोदय उच्चमाविका आन्दोलनरत विद्यार्थी र विद्यालय प्रशासनबीच बुधबार झडप भएको छ । आठ सूत्रीय माग राखेर विद्यार्थीले विद्यालयमा लगाएको ताला प्रशासनले फोरेपछि झडप भएको हो ।
विद्यालय प्रशासनले विद्यार्थीका माग सम्बोधन गर्नुकोसट्टा बाहिरी व्यक्ति र प्रहरीको आडमा ताला फोर्ने गैरजिम्मेवारी काम गरेको भन्दै आक्रोशित विद्यार्थीले कार्यालयका फर्निचर तोडफोड गरेपछि झडप भएको थियो ।
दुई पक्षबीच झडप सुरु भएपछि छुट्याउन गएको प्रहरीमाथि अन्धाधुन्ध ढुंगा प्रहार भएपछि तीन प्रहरीजवान घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । (सौस)

प्रतिक्रिया